गुवाहाटी: वरिष्ठ नेता तथा असम सरकारका पूर्व मन्त्री शरत बरकटकीको आइतवार राति एउटा अस्पतालमा निधन भयो। उनी केही समयदेखि विभिन्न रोगहरूले ग्रसित थिए। शरतलाई श्रद्धाञ्जलि दिनेहरूको तॉंती लागिरहेको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शरतको निधनमा शोक व्यक्त गर्दै उनको अन्तिम संस्कार पूर्ण राजकीय सम्मानका साथ गरिने बताएका छन्। उनले शरत बरकटकीको निधनमा शोक व्यक्त गर्दै भने, उनको निधनको समाचारले दुखि छु। एक राजनीतिक सहयोगीको रूपमा बरकटकीसॅंग काम गर्दा धेरै सिक्ने मौका पाएको छु। उनी एक कुशल राजनेता थिए। उनको निधनले असमको राजनीतिक क्षेत्रमा एउटा ठूलो क्षति भएको छ। बरकटकीको अन्तिम संस्कार पूर्ण राजकीय सम्मानका साथ गरिने छ।
मुख्यमन्त्रीले मृतकका परिजनलाई पठाएको आफ्नो शोक सन्देशमा वरिष्ठ राजनेताको दिवंगत आत्माको शान्तिको निम्ति ईश्वरसॅंग प्रार्थना गरेका छन्। साथै शोक सन्तप्त परिवारप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरेका छन्।