कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता लगायत राज्यभरि सुचारू रूपले दुर्गा पूजा आयोजनको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जीले राज्य प्रशासनलाई धन्यवाद दिएकी छन्। यसका साथै उनले आपदा प्रबन्धन विभाग, अग्निशमन विभाग र अन्य विभागहरूका कर्मचारीहरूप्रति पनि आभार व्यक्त गरेकी छन्।
सोमवार सोशियल मिडियामा एउटा पोस्टमा उनले भनेकी छन्, दुर्गा पूजा शान्तिपूर्ण र भव्यताका साथ सम्पन्न भयो। म कोलकाता पुलिस र पश्चिम बंगाल पुलिसका सबै अधिकारीहरू र सदस्यहरूलाई धन्यवाद दिॅंदछु। यसावधि नागरिकहरू र पूजा आयोजकहरूलाई डोर टू डोर हरेक आवश्यक सेवाको निम्ति अथक प्रयास गरेकोमा धन्यवाद दिॅंदछु। शान्तिपूर्ण भव्यताका साथ विसर्जनसॅंगै दुर्गा पूजा उत्सव सम्पन्न भएको छ।
-हिस