कोलकाताः राशन भ्रष्टाचार मामिलामा मन्त्री ज्योतिप्रिय मल्लिकको पक्राउपछि उनकी छोरी प्रियदर्शनीमाथि पनि ईडीको नजर छ। भ्रष्टाचारको मुद्दामा भाजपा सांसद दिलीप घोषले सोमवार एकपल्ट फेरि राज्य सरकारलाई घेरे।
कोलकाताको ईको पार्कमा संवाददाताहरूसॅंग कुराकानी गर्दै भाजपा अध्यक्षले भने, गौ तस्करी मामिलामा अनुव्रतकी छोरी सुकन्यालाई पनि ईडीले पक्राउ गरेको थियो। उनी अहिले अणुव्रत मण्डलसॅंग तिहाड जेलमा छन्। केष्टो मामिलामा जस्तो भएको थियो यो मामिलामा पनि त्यस्तै भइरहेको छ। यीनीहरूले व्यापक भ्रष्टाचार गरेका छन्। मानिसहरू अघि यीनीहरूको वास्तविक अनुहार ल्याउनु पर्छ ताकि भविष्यमा कसैले यस्तो नगरून्।
नगरपालिकामा भएको भ्रष्टाचारको मामिलामा प्रतिक्रिया गर्दै घोषले भने, धेरै नगरपालिकाका चेयरमेनलाई ईडीले बोलाइसकेको छ। रहल चेयरमेनहरू पनि डराएका छन्। वर्षौदेखि चलिरहेको भ्रष्टाचार ममता ब्यानर्जीको आशीर्वादले भएको हो। यी भ्रष्टाचारको जरा निकै गहिरो छ। भ्रष्टाचारको सम्पूर्ण मामिला समाधान गर्न ईडी, सीबीआईलाई धेरै वर्ष लाग्ने छ, तर मुखियाहरूलाई माफी दिइने छैन।
-हिस









