सिलगढीः सीमा सुरक्षा बल (बीएसएफ) उत्तर बंगाल फ्रण्टियर कदमतलामा सोमवारदेखि सतर्कता जागरूकता सप्ताह शुरू भयो। यसावधि उत्तर बंगाल फ्रण्टियरका महानिरीक्षक सूर्यकान्त शर्माले सबै कर्मिहरूलाई सत्यनिष्ठाको शपत दिलाए।
सतर्कता जागरूकता सप्ताहको आयोजन सबै अधीनस्थ्ज्ञ कमान मुख्यालयहरूका साथै बर्डर आउट पोस्टमा ३० अक्टोबरदेखि पॉंच नोभेम्बरसम्म गरिने छ। बीएसएफ उत्तर बंगाल फ्रण्टियरको परिसरमा पनि कार्यक्रम शुभारम्भको अवसरमा बीएसएफ उत्तर बंगाल फ्रण्टियरका महानिरीक्षक सूर्यकान्त शर्माले सबै अधिकारीहरू र कर्मचारीहरूलाई सबै क्षेत्रमा सत्यनिष्ठा एवं पारदर्शिता ल्याउन अनि भ्रष्टाचार विरूद्ध उत्साहपूर्वक लड्ने आफ्नो प्रतिबद्धतालाई बलियो बनाउन आह्वान गरे।
उनले भने, वर्ष १९९९ मा भारत सरकारले हरेक वर्ष ३१ अक्टोबरको दिन सतर्कता जागरूकता सप्ताह पालन गर्ने घोषणा गरेको थियो। किनकि, ३१ अक्टोबरमा भारतका लौह पुरुष सरदार वल्लभभाई पटेलको जन्मदिन हो। उनले कार्यक्रमको उद्देश्य बीएसएफ जवानहरूमा भ्रष्टाचार विरूद्ध जागरूकता ल्याउनु रहेको बताए।