गान्तोक: सिक्किम विधानसभामा राष्ट्रपति चुनाउ २०२२ को निम्ति आज बिहान १० बजीदेखि मतदान शुरू भयो। मुख्यमन्त्री प्रेमसिंह तामाङसहित विधानसभाका अध्यक्ष, उपाध्यक्ष, मन्त्रीगण, विधायकगणले बिहान विधानसभामा मतदान गरे। मतदान प्रक्रिया सॉंझ ५ बजीसम्म चल्नेछ।
बिहान ८ बजी स्ट्रङ रूम खोलिएपछि चुनाउ प्रक्रिया शुरू भयो। यस अवसरमा केन्द्रिय चुनाउ पर्यवेक्षक एम. नागाराजु, मुख्य निर्वाचन अधिकारी डी. आनन्दन, प्रीसाइडिङ अफिसर, मतदान अधिकारीहरू, आधिकारिक मिडिया आदि उपस्थित थिए। ब्यालट बक्स र अन्य चुनाउ सामग्रीहरू मुख्य निर्वाचन अधिकारीको देखरेखमा अनि केन्द्रिय चुनाउ पर्यवेक्षक, राष्ट्रपति पदकी उम्मेदवार द्रौपदी मुर्मुकी अधिकृत प्रतिनिधि जेकब खालिङ आदिको उपस्थितिमा खोलियो।