मुख्यमन्त्रीले जनाए नमलुङ निम्न माध्यमिक विद्यालयको स्वर्ण जयन्तीमा सहभागिता

IMG-20231030-WA0210.jpg

गान्तोक: दक्षिण जिल्लाको राभाङलास्थित नमलुङ निम्न माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले उपस्थिति जनाए। यस अवसरमा मुख्यमन्त्री तामाङलाई बुद्ध पार्क परिसरमा गार्ड अफ् अनर गरियो। यसै क्रममा मुख्यमन्त्रीले राभाङलाको विकास अनि पर्यटन फस्टाउने सम्भवाना साथै क्षमतालाई लिएर छोझो झीलको निरीक्षण गरे, हाल उक्त झील निर्माणधीन अवस्थामा रहेको छ। आगामी दिनमा पालन गरिने पर्यटन उत्सवको निम्ति राबोङ रेडिस्कबरमा तयारी चलिरहेको छ। सो कार्यक्रममा छोझो झील स्थानीय साथै पर्यटकहरूको निम्ति आकर्षक बन्न सक्ने बताइएको छ। निरीक्षणको क्रममा मुख्यमन्त्री तामाङले पर्यटन उत्सवलाई ध्यानमा राख्दै निर्माण कार्यमा कुनै प्रकारको विलम्ब नगर्ने भवन तथा आवास विभागलाई निर्देश दिएका छन्। उनले यो झील केवल पर्यटन उत्सवको निम्ति मात्र नभएर वर्षभरि नै चल्नु पर्ने भएको कारण यसको निर्माण कार्यमा कुनै प्रकारको ढिलाई नगर्ने सुझाउ दिएका छन्। यस परियोजनाको निर्माण गर्नको मुख्य उद्देश्य परिवार र साथीहरूका लागि बाल पार्क, क्याफेटेरिया, जिप लाइन, ट्री हाउस, भलिबल कोर्ट र स्थानीयहरूलाई मनोरञ्जन प्रदान गर्नको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विद्यालयको ५०औं स्थापना पूरा भएकोमा सम्पूर्ण समितिलाई ऐतिहासिक क्षणको रुपमा सम्मान गर्दै बधाई दिए। उनले विद्यालयको विकासमा अतुलनीय काम गर्नेहरुको समर्पणलाई पनि कदर गरे। यसका साथै पर्यटन क्षेत्रमा यस क्षेत्रको ठूलो महत्व रहेको बताउँदै उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सर्वसाधारणलाई आग्रह गरे। विद्यालयमा भर्नाको संख्या बढाउन र विद्यालयबाट आवश्यक लाभ उठाउनका लागि आफ्ना बालबालिकालाई भर्ना गर्न अभिभावकहरूलाई मुख्यमन्त्रीले अपील गरे।उनले सडकको मरम्ती र विस्तार, विद्यालयको पूर्वाधार सुधार, टाइटानिक पार्कको सौन्दर्यीकरण, बारफुङ र तासिदिङ जोड्ने पुल निर्माणलगायत क्षेत्रका आवश्यकता र मागलाई प्राथमिकताका साथ पूरा गर्ने विश्वास दिलाए। यसै क्रममा क्षेत्र विधायक एवम प्रमुख संरक्षक टीटी भोटियाले कार्यक्रमको भव्यताको लागि मुख्यमन्त्री प्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अथक प्रयास गरिरहेका शिक्षकहरूको प्रयासको प्रशंसा गरे। उनले बरफुङ निर्वाचन क्षेत्रमा राज्य सरकारले गरेको विकासका योजनाहरूबारे उजागर गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement