छुट्टै राज्यको माग गर्दै केन्द्र र प्रदेश सरकारसहित राष्ट्रपति र राज्यपाललाई ज्ञापनपत्र

IMG-20231030-WA0197.jpg

सिलगढी: उत्तर बंगाललाई केन्द्रमा राखेर छुट्टै राज्य मागले गति लिइरहेको छ। यसपटक छुट्टै प्रदेशका लागि संयुक्त मोर्चाले राष्ट्रपति र राज्यपालसहित केन्द्र, प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ। गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरुङले सोमबार सिलगढीमा कोर कमिटी सदस्यहरूसँगको बैठकपछि सो कुरा बताएका हुन्। यसअघि दागापुरमा छुट्टै राज्यको मागलाई लिएर बैठक बसेको थियो। संगठनको यो दोस्रो बैठक हो। सिलगढी सहरको मल्लगुड़ी क्षेत्रको एक निजी होटलमा कोर कमिटीको बैठक बसेको थियो। सोही बैठकमा छुट्टै राज्यका लागि भावी सङ्घर्ष गर्ने निर्णय भएको थियो। म्याराथन बैठकपछि मोर्चाका अध्यक्ष तथा संयुक्त मोर्चाका एकजना अनुहार विमल गुरुङले यो बाटो चुनावमा नभई आम जनताको अधिकार र मागलाई अगाडि राखेर अघि बढेको बताए। जुन आगामी दिनमा झनै चर्किने छ। उनले यो वर्ष हुन लागेको लोकसभा चुनावमा कुनै पनि राजनीतिक दललाई समर्थन नगर्ने बताए। मोर्चा निर्वाचनबाट टाढा रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement