बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा प्रेमी पक्राउ

Untitled-8-1024x576.jpg

सिलगढी: बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा पुलिसले प्रेमीलाई पक्राउ गरेको छ। पक्राउपछि आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो।अदालतले ७ दिनको पुलिस रिमान्डमा पठाएको छ। सो प्रेमीको नाम फिलीप पोद्दार बताइएको छ। तिनी आश्रमपाडा निवासी हुन्। गत ४ वर्षदेखि तिनी सिलगढीको ३ नम्बर वार्डको गुरूङ बस्ती इलाकामा प्रेमिकासित भाडाको घरमा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार गत ४ वर्षअघि फिलीप पोद्दारको सिलगढीको मार्केटमा एउटी महिलासित भेट भएको थियो। बिस्तारै-बिस्तारै तिनीहरूमाझ प्रेम सम्बन्ध बनेपछि बिहेको प्रलोभन देखाएर प्रेमी फिलीपले प्रेमिकासित शारीरिक सम्बन्ध बनाए तापनि हाल प्रेमीले प्रेमिका महिलासित बिहे गर्न अस्वीकार गरेको आरोप रहेको छ। यसपछि प्रेमिकाले गत २७ अक्टोबरको दिन प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आश्रमपाडास्थित घरबाट फिलीप पोद्दारलाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।

About Author

Advertisement