टी-२० विश्वकप क्रिकेटमा छनोटको अन्तिम ढोकाको रूपमा रहेको ‘टी-२० विश्वकप’ को एशियाली छनोटको उद्घाटन खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गरेको छ। दोस्रो पटक २० ओभरको विश्वकप खेल्ने यात्रामा रहेको नेपाललाई प्रतियोगिताको दाबेदारको रूपमा हेरिएको छ।एशियाली छनोटमा प्रतिस्पर्धा गरिरहेका आठ राष्ट्रको वरीयतामा नेपाल अगाडि छ। विगत एक वर्षमा नेपालले स्तरीय क्रिकेट खेलेर राम्रो नतिजा निकाल्दै आइरहेकाले दाबेदारको रूपमा हेरिएको हो। सोहीअनुरूप नेपालले सिङ्गापुरविरुद्ध आफ्नो प्रभावशाली खेललाई निरन्तरता दियो।
सिङ्गापुरले पहिलो ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। कुशल भुर्तेलको आक्रामक ब्याटिङ खेलको टस भएपछि अभ्यासका क्रममा नेपालका मुख्य खेलाडी दीपेन्द्र सिंह ऐरीको खुट्टा मर्किएर नाम फिर्ता लिनुपरेको थियो। त्यो नेपालको लागि सुखद समाचार थिएन। तर ओपनर कुशल भुर्तेलले आक्रामक इनिङ्स खेलेर सुरुमै खेललाई विजय तिर मोडिदिए। चौकाको वर्षा गरेका उनले २६ बलमा अर्धशतक पूरा गरे। यो उनको सातौँ टी-२० आई अर्धशतक हो।उनले ओपनर आशिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेपछि खेल एकतर्फी रूपमा नेपालको पक्षमा ढल्किसकेको थियो। यो टी२० मा नेपालको पहिलो विकेटका लागि उत्कृष्ट साझेदारी पनि हो।आसिफ शेख २७ रनमा आउट भएका थिए। त्यसपछि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले टोलीलाई सहज जिततिर अग्रसर गराएका हुन्।
नेपालका लागि १६.२ ओभरमा खेल जित्न छक्का चाहिएको थियो। प्रभावशाली देखिएका कुशल भुर्तेलले छक्का प्रहार गर्दै खेल जिताउन खोज्दा बाउन्ड्री लाइनमा क्याच आउट हुन पुगेका थिए।उनले ४८ बल खेलेर ७४ रन बनाए। उनले आठ चौका र दुई छक्का प्रहार गरे।कुशल भुर्तेल आउट भएपछि आएका कुशल मल्लले अर्को बलमा छक्का हान्दै खेलको निर्णय गरिदिएका थिए।
पैँतीस रन बनाएका रोहित पौडेल क्रीजमा अविजित रहे। सिङ्गापुरको चुनौती टस जितेर बिहानको ओसिलो मैदानमा ब्याटिङ रोज्ने सिङ्गापुरको निर्णय कतिपयको लागि आश्चर्यचकित पार्ने खालको थियो। त्यसको फाइदा उठाउँदै करण केसीले खेलको दोस्रो बलमा नै विपक्षी कप्तान अरित्रा दत्तलाई आउट गरेका थिए। तर सिङ्गापुरका रोहन रङ्गराजन र सुरेन्द्रन चन्द्रमोहनले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै टोलीको इनिङ्स उकासेका थिए।
सातौँ ओभरमा सन्दीप लामिछानेले चन्द्रमोहनलाई बोल्ड गर्दै उनीहरुको साझेदारी भङ्ग गरिदिएका थिए।त्यति बेला खेल ५२-१ को स्थितिमा सिङ्गापुरकै नियन्त्रणमा थियो। यसरी नेपालको पक्षमा ढल्कियो खेल तर त्यसपछि आठौँ ओभरमा गुलशन झाले दुई विकेट लिएपछि खेल एकाएक नेपालको पक्षमा ढल्कियो।
उनले ४६ रन बनाएर खेलमा जमिरहेका रङ्गराजनलाई र अमर्त्य कौललाई पाँच बलको अन्तरमा आउट गरे। एक विकेट गुमाएर ५२ रन बनाइसकेको सिङ्गापुर केही बेरमै ५४-४ को जोखिमयुक्त स्थितिमा पुग्यो। गुलशन झाको त्यो ओभर विशेष बन्न पुग्यो। उनले दुई विकेट लिँदा केवल तीन रन मात्र दिए।यद्यपि त्यसपछि विकेटकीपर मनप्रीत सिंह (२४ रन) र आर्यवीर चौधरी (३७ रन) ले छैटौँँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै राम्रो स्कोर बनाउन सघाए। सत्रौँ ओभरमा करण केसीले मनप्रीत सिंहको विकेट लिँदै उक्त जोडीलाई छुट्याएका थिए। आर्यवीरलाई भने अविनाश बोहोराले करणबाट क्याच गराए। अविनाश बोहोराले तीन विकेट लिए भने गुलशन झा र सन्दीप लामिछानेले २/२ विकेट लिए।