सिरवानी पुल दक्षिण जिल्लाको निम्ति अब खुल्ला

IMG-20231030-WA0212.jpg

गान्तोक: गत ४ अक्टोबरको दिन टिस्टा नदीमा आएको बाढीले दक्षिण जिल्लाको याङगाङ, तिमी नाम्फिङ लगायत अन्य क्षेत्रहरूलाई जोडने सिरवानी पुल भत्काएपछि यातायात सम्पर्क टुटेको थियो।

उक्त बाढीको चपेटमा परि राज्यको विभिन्न ठाउँमा रहेका पुलहरू बगाएपछि मानिसहरूले यातायातको समस्या भोग्नु परिरहेको थियो।

स्थानीयहरूको समस्यालाई ध्यानमा राख्दै सिरवानी ड्यामलाई हाल पूल कोरूपमा परिणत गरिएको छ। यस पुल भएर आजदेखि मोटर बाइक साथै मानिसहरूले आवात जावत गर्न सक्ने सविधा उपलब्ध गराइएको छ।

पूर्व जिल्लाका पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाले पुलिस विभागद्वारा जारी गरिएको निर्देश सबैलाई पालन गर्न अपील गरेका छन्। सो पुल राति ९ बजीदेखि बिहानको ९ बजीसम्म खुल्ला रहनेछ भने बिहानको ९ बजीदेखि अपरान्ह १ बजीसम्म बन्द रहनेछ। यसरी नै दिउॅंसो १ बजीदेखि २ बजीसम्म खुल्ला रहनेछ भने २ बजीदेखि ५ बजीसम्म बन्द रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement