पूर्व न्यायाधीश एनके जैन भोलि सिक्किम भ्रमणमा आउने

HCJ.jpeg

गान्तोक: सिक्किम उच्च न्यायलयका पूर्व न्यायधीश नरेन्द्र कुमार जैनले भोलिदेखि ४ अक्टोबरसम्म सिक्किमको आधिकारिक भ्रमण गर्ने भएका छन्। उनको यस भ्रमण अवधि छात्रा नेता पदम गुरूङको अप्राकृतिक मृत्युलाई लिएर जाँच गर्ने भएका छन्। उल्लेखनीय छ, छात्र नेता पदम गुरूङको केही दिन अघि रहस्यमय ढङग्मा मृत्यु भएको थियो। उनी कामराङ सरकारी महाविद्यालयका स्टुडेन्ट रिप्रेजेन्टेटिभ काउन्सिल(एसआरसी) का अध्यक्षको पदमा निर्वाचित बनेका थिए। उक्त घटनालाई लिएर विभिन्न प्रकारले जाँच भइसकेपछि अन्ततः पूर्व न्यायधीशको नेतृत्वमा जाँच सम्पन्न भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement