केरला विष्फोट: डोमिनिक मार्टिनमाथि आरोप, अनुसन्धान जारी

Blast-1

कोच्चि: अनुसन्धान एजेन्सीहरू केरलाको कोचीमा आइतबार भएको श्रृंखलाबद्ध विस्फोटका आरोपी डोमिनिक मार्टिनको बारेमा जानकारी संकलन गर्न व्यस्त छन्। विष्फोटका आरोपी डोमिनिक मार्टिनको दुबई कनेक्सन सार्वजनिक भएको छ। प्रारम्भिक अनुसन्धानमा डोमिनिक मार्टिन धेरै वर्षदेखि दुबईमा बस्दै आएको खुलासा भएको छ। उनले दुबईमा इलेक्ट्रिक म्यानको रूपमा काम गरेका छन्। डोमिनिकलाई विद्युतीय सर्किट बनाउने पूर्ण ज्ञान थियो। उनी करिब २ महिनाअघि भारत फर्किएका थिए।

समाचारअनुसार डोमिनिक करिब १५ वर्षदेखि दुबईमा बस्दै आएका छन्। भारत फर्किएर अंग्रेजी पढाउँदै आएका उनी साढे ५ वर्षदेखि थम्मन क्षेत्रमा भाडाको घरमा बस्दै आएका थिए। डोमिनिकको श्रीमती, छोरी र एक छोरा छन्। उनकी श्रीमती र छोरी अझै घरमा नै छन्, छोरा बेलायतमा पढ्दैछन्। उनकी छोरी आईटी फर्ममा काम गर्छिन्। विष्फोट भएको दिन आइतबार बिहान ५:३० बजे मार्टिन स्कुटरमा घरबाट निस्किएका थिए। केरला पुलिसले उनको घरबाट राहदानी र केही कागजात बरामद गरेको छ। पुलिसले मार्टिनकी श्रीमती, छोरी र घरधनीलाई पनि सोधपुछ गरेको छ। साथै, कल डिटेल्स रेकर्डबाट डोमिनिकको सम्पर्कमा आएका व्यक्तिहरूसँग पनि सोधपुछ भइरहेको छ। एजेन्सीहरू दुबईमा उनी कोसँग सम्पर्कमा थिए भनेर पनि अनुसन्धानमा व्यस्त छन्। सोही क्रममा अभियुक्तले आईईडी र विष्फोटक पदार्थ कहाँबाट ल्याए भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन। यस विषयमा सुरक्षा निकायको टोलीले निरन्तर अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement