विभिन्न संघ संस्थाद्वारा मुख्यमन्त्री राहत कोषामा आर्थिक सहयोग प्रदान

IMG-20231030-WA0211.jpg

गान्तोक: टिस्टा नदीको बाढले क्षतिग्रस्त बनेको सिक्किम राज्यलाई हाल विभिन्न संघ संस्था साथै व्यक्ति विशेषद्वारा आर्थिक सहयोग प्राप्त भइरहेको छ। विशेष गरेर मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग प्रदान गर्नेहरू अघि आइरहेका छन्। यसै क्रममा आज राबोङस्थित नमलुङ निम्न माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा अल्मुनी एसोसिएशन अफ् जीडी गोयन्का पब्लिक स्कूल सिलगढीले १ लाख १६ हजार ८ सय रूपियाँ सहयोग गरेको छ भने. ल्हात्सुन धर्म सेन्टर राबोङले ५० हजार १ सय, वर्ष २०१४ को इम्पलोयज वेलफेयर एसोसिएसन रालोङले ५० हजार, प्रोहिवेसनरकी टिचर्स व्याचले ४० हजार र लेन्डुप दोर्जी भोटियाले २२ हजार रूपियाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी गराइएको छ। यसरी आपदकालिन अवस्थामा विभिन्न सरकारी साथै गैर सरकारी संस्था र व्यक्ति विशेषले सरकारलाई सहयोग पुऱ्याएकोमा मुख्यमन्त्री तामाङले सबैलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement