गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राष्ट्रिय एकता दिवसको अवसरमा राज्यका जनतालाई शुभकामना दिएका छन्। आफ्नो सन्देशमा उऩले भने, “सरदार वल्लभभाई पटेलजीको जन्मजयन्तीको शुभ अवसरमा ‘राष्ट्रिय एकता दिवस’ मा राज्यका जनतालाई बधाई र शुभकामना व्यक्त गर्दछु। सरदार वल्लभभाई पटेलजीले देशका धेरै भागहरूलाई एकताबद्ध गरी महान् राष्ट्रको आकार दिएको उल्लेख गर्दै उनको प्रबल इच्छाशक्ति र देशलाई एकताबद्ध गर्ने दृढ संकल्पका कारण उनी लोह पुरुषको रुपमा चिनिएको बताए। राष्ट्रको बल र अखण्डता कायम राख्न पूर्ण सहयोग गर्नु र राष्ट्रलाई शक्तिशाली बनाउन राष्ट्रवादी नीति अवलम्बन गर्नु हामी सबै भारतीय नागरिकको कर्तव्य हो भन्दै राज्यपालले यो हाम्रो राष्ट्रिय शक्ति र शक्तिको प्रतीक हुने र लोह पुरुष सरदार वल्लभभाई पटेललाई साँचो श्रद्धांजलि हुने उल्लेख गरे। यस अवसरमा आधुनिक भारतका सृष्टिकर्ता र लोह पुरुष सरदार पटेललाई श्रद्धाञ्जली अर्पण गरौं र भारतको एकता, अखण्डता र सार्वभौमसत्तालाई अक्षुण्ण राख्न योगदान दिने प्रतिज्ञा गरौं, राज्यपालले सन्देशमा थपे।