एसएचजी टोली भारत भिजन मण्डला महोत्सवमा भाग लिन अरुणाचल प्रदेश प्रस्थान

n5520621141698680509888c9f94dcddc7954d46a066dc61fb9452a198ed3bf5d40a646b104e549279d8bba.jpg

गेजिङ: ‘भारत भिजन मण्डला महोत्सव २०२३’ मा सिक्किमको प्रतिनिधित्व गर्न गेजिङ जिल्ला अन्तर्गत स्व-सहायता समूहको विशेष प्रशिक्षित चार सदस्यीय टोलीलाई गेजिङ जिल्लाकी जिल्लापाल यिशे डी. योङ्डाले झण्डा हल्लाएर प्रस्थान गरिन्।

महोत्सव ४ देखि ५ नोभेम्बरसम्म अरुणाचल प्रदेशको दिराङस्थित मण्डला टपमा हुनेछ।

अरुणाचल प्रदेश सरकारको निमन्त्रणामा टाशीडिङको चार सदस्यीय एसएचजी टीमले आयोजक राज्यका एचएचजी फेडरेशनलाई बाजराको विशेषता सहित प्रशिक्षण दिनेछ। साथै स्टलहरूमा बाजरा उत्पादनहरूको प्रदर्शन पनि गर्नेछ जसले सहयोग र आदानप्रदानको लागि प्लेटफर्म सिर्जना गर्नेछ।

छनोट टोलीले गत अगस्त महिनामा भारत सरकारको नीति आयोगको सहकार्यमा जिल्ला प्रशासनले सञ्चालन गरेको तीन दिने प्रशिक्षक तालिम लिएको थियो। तालिमको नेतृत्व क्षितिज एसएचजी, हरियाणाकी संस्थापक सदस्य तथा राष्ट्रपति पुरस्कार, दीनदयाल उपाध्याय पुरस्कार र नारी शक्ति पुरस्कार प्रापक शर्माले गरेकी थिइन्।

जिल्लापाल तथा जिल्ला प्रशासनका अन्य अधिकारीहरूले एसएचजी टोलीलाई शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement