भुवनेश्वर: ओडिशामा एक ठूलो दुर्घटना लगभग टरेको छ। ४८ यात्रु सवार भुवनेश्वर जाँदै गरेको रात्रि बसमा शुक्रबार बस चालकलाई अचानक हृदयघात भएको थियो। तर, बस चालकले आफ्नो बुद्धि प्रयोग गरेर ठूलो दुर्घटना हुनबाट जोगायो। बस भुवनेश्वर जाँदै गर्दा चालकलाई हृदयघात भएको कारण चलाउन नसकेर बस चलाउन नसकेपछि चालकले बुद्धि देखाउँदै गाडी पर्खालमा ठोक्किएर रोकिँदा ज्यान गएको बताइएको छ। यात्रुलाई बचाउन सके। घटना शुक्रबार राति कंधमाल जिल्लाको पाबुरिया गाउँ नजिकै भएको पुलिसले जनाएको छ। बसका चालक सना प्रधानले गाडी चलाउँदा छाती दुख्न थालेपछि स्टेयरिङको नियन्त्रण गुमाए। ड्राइभरले महसुस गरे कि उनी अगाडि ड्राइभ गर्न सक्दैनन्। त्यसैले सडक छेउको पर्खालमा गाडी ठोक्किएपछि रोकिएर यात्रुको ज्यान जोगाउन सकियो’, टिकबली पुलिस चौकीका इन्चार्ज इन्स्पेक्टर कल्याणमयी सेन्धाले भने।
यात्रुहरु सवार रहेको बस ‘मा लक्ष्मी’ नामको निजी बस हो, जुन सामान्यतया हरेक रात कांधमालको सारङ्गढबाट जी उदयगिरी हुँदै प्रदेशको राजधानी भुवनेश्वरसम्म चल्छ। यस्तै शुक्रबार राति पनि भुवनेश्वर जाँदै गरेको बस कंधमाल जिल्लाको पाबुरिया गाउँमा पुग्ने वित्तिकै बस चालकको छातीमा अत्याधिक पीडा महसुस भएपछि उनले नियन्त्रण गुमाए। कसैगरी बस रोक्न सफल भए। घटनाको जानकारी दिँदै पुलिसले घटनापछि बस चालकलाई नजिकैको अस्पतालमा पुर्याइए पनि त्यहाँका चिकित्सकले उनलाई हृदयघातका कारण मृत घोषणा गरेको बताए। प्रधानको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ। केही समयपछि बस यात्रु लिएर भुवनेश्वरतर्फ प्रस्थान गरेको पुलिसले जनाएको छ। यस क्रममा उनीसँगै अर्का चालक पनि थिए।