टिस्टा त्रसादीः व्यापक नोक्सानीको निम्ति मुख्यमन्त्री जिम्मेवारः भाइचुङ भोटिया

n55204468816986767721121d55b3926937b0ef274aac1c070c6682d541dead053bbbb9ff9d2a0bc52b0ab5.jpg

गान्तोक: गत ४ अक्टोबरमा ल्होनाक लेक फुटेपछि भएको टिस्टा त्रासदीबाट व्यापक नोक्सानी हुनुमा मुख्यमन्त्री पीएस तामाङ जिम्मेवार रहेको ठहर गर्दै मुख्यमन्त्रीले टिस्टा पीडित र सिक्किमे जनता समक्ष माफी माग्नुपर्ने हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले माग गरेका छन्।

ल्होनाक लेक फुटेको विषयमा जानकारी पाएको समयबारे मुख्यमन्त्रीको प्रेस बयान विरोधाभासपूर्ण रहेको र मुख्यमन्त्री जनताको ज्यानमालको सुरक्षालाई लिएर गम्भीर थिएनन् भन्ने प्रष्ट भइसकेको उनले बताए। भोटियाले जनता समक्ष माफी माग्नुपर्ने माग भोटियाले गरेका छन्।

६ अक्टोबर र १६ अक्टोबरको प्रेस कन्फ्ररेन्समा मुख्यमन्त्रीले अलग-अलग बयान दिएर ल्होनाक लेक फुटेको समयको जानकारीबारे भ्रम पैदा गराएकाले यसलाई मुख्यमन्त्रीले पुनः प्रेस कन्फ्ररेन्स गरेर स्पष्ट पार्नुपर्छ भन्ने पनि भाइचुङले माग गरेका छन्। आज गान्तोकमा एउटा पत्रकार सम्मेलन आयोजन गरेर हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले टिस्टा त्रासदीपछि भएको सम्पूर्ण नोक्सानी मुख्यमन्त्रीको कारणले भएको आरोप लगाए।

मुख्यमन्त्रीले त्रासदीबारे समयमा एलर्ट जारी गराएको भए धेरै मानिसहरूको ज्यान बाच्न सक्ने र धेरै सम्पत्ति नोक्सानी हुनबाट मानिसहरूले जोगाउन सक्नेथिए भन्ने भाइचुङले दाबी गरे। अर्कोतिर सिक्किम उर्जाको ड्याम भत्किएको विषयमा कुनै जाँच नगरी मुख्यमन्त्रीले कसरी पूर्व सरकारमाथि दोष लगाउन सक्छन् भन्ने उनले प्रश्न गरेका छन्। यदि सिक्किम उर्जाको ड्याम कम्जोर थियो भन्ने अघिबाटै जानकारी थियो भने सरकारले टिस्टा उर्जाको नाम सिक्किम उर्जा बनाएर धर्मगुरु दलाई लामाको बाहुलीबाट उद्घाटन गराएर राष्ट्रको नाममा समर्पित गर्ने योजना सरकारले कसरी बनायो भन्ने पनि प्रश्न गरे।

ड्याम फुटेको विषयमा कुनै ठोष जाँच नगरी एसडीएफ सरकारलाई मुख्यमन्त्रीले आरोप लगाउन नमिल्ने भाइचुङले बताए। टिस्टा त्रासादी हुनअघि एसकेएम सरकारले साढे चार वर्षको समय पाएको तर यस अवधि ड्याम कम्जोर छ भन्ने बारेमा कुनै जाँच गराउनको साटो सरकारले व्यापक राजस्व सङ्कलन गरेको आरोप लगाए। ड्याम भत्किएपछि निर्माणमा भएको धाँधलीको आरोप लगाउनुको साटो एसकेएम सरकारले सिक्किम उर्जाको ड्यामको गेट किन समयमा खोलिएन र किन घटनाबारे समयमा सूचित गरिएन भन्ने विषयमा जाँच हुनुपर्छ भन्ने माग गरे।

यदि सिक्किम उर्जाको ड्याम कम्जोर थियो भने पनि त्यो पूर्व सरकारको दोष नरहेर निर्माण कम्पनीको जिम्मेवारीको विषय हो भन्दै भाइचुङ भोटियाले सिक्किम उर्जामा सुनिल सरौगीको भूमिका र निर्माण कम्पनीको कार्यलाई लिएर जाँच हुनुपर्ने माग गरेका छन्। यस बाहेक वैज्ञानिकहरूको चेताउनी हुँदा-हुॅंदै पनि ल्होनाक लेकको सुरक्षाबारे सरकार पक्षले के काम गऱ्यो अनि यसको संवर्द्धनलाई लिएर केन्द्र सरकारबाट पाएको धनराशि सरकारले कहाँ खर्च गऱ्यो भन्ने भाइचुङको प्रश्न छ।

गत सेप्टेम्बर महिनामा ल्होनाक लेकबारे अध्ययन गर्न गएको टोलीले लाचेन जुम्सालाई कुनै जानकारी नगराएको र शोधकर्ताहरूलाई लिएर गरेको लेकको अध्ययन दस्तावेज सार्वजनिक नभएको विषयको उठान गर्दै भाइचुङले सरकारको घेराउ गरे। टिस्टा त्रासदीलाई लिएर मुख्यमन्त्रीले राजनैतिक समवेदना बटुल्ने प्रयास गरिरहेको भाइचुङ भोटियाले आरोप लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement