सोनादा: स्वर्गीय दावा माइला डुक्पाको स्मरणमा युनाइटेड रंगबुल फुटबल क्लबले विगत ३० सेप्टेम्बरदेखि आरम्भ गरिएको १७ वर्ष मुनिका केटाहरुको ओपन फुटबल खेलको अन्तिम फाइनल रंगबुल हाई स्कूल खेल मैदानमा समापन गरियो। उक्त खेलमा युनाइटेड घूम बनाम ड्रिमर्स सेभेन नेहुर बालासनमाझ भीडन्त भयो। खेलको परिणाम अनुसार युनाइटेड घूटुम २, ड्रिमर्स सेभेन नेहुर बालासन १ भएर बिजय भएको छ। आजको बिजेता टिमलाई नगदराशि पचा। हजार (५०,०००) र – उप बिजेतालाई तीस हजार (३०,०००) नगदराशि प्रदान गरियो।

फाइनलमा स्वर्गीय दावा माइला डुकपाकी पत्नी लाक्पा डोमा भुटिया, छोरी डा. रिंकू डुकपा, डा. रिन्छेन डुकपा, आर.रिकी डुकपा, आयकर विभाग अधिकारी नर्बु वाङदी डुकपा, समस्त डुकपा परिवार उपस्थित थिए भने आजको मुख्य अतिथिको रूपमा जीटीएको कार्यकारी सभासद सतीश पोखरेल, विशिष्ट अतिथि सभासद नुरी शेर्पा, डेपुटी चेयरमेन राजेश चौहान, दार्जिलिङ पुलिस अधीक्षक, सुखिया पोखरी खण्ड विकाश अधिकारी र अन्यहरू उपस्थित रहेका थिए।