गायघाटामा बकीबुरको बेनामी राशन दोकानको पत्तो लाग्यो

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः राशन घोटाला मामिलामा ईडीले एकपछि अर्को सनसनीपूर्ण जानकारीहरू पाइरहेछ। केन्द्रिय जाँच एजेन्सीको सूत्रहरू अनुसार, पक्रा परेको बकीबुर रहमानको नाममा धेरै बेनामी राशन दोकानहरूको लोकेशन पाइएको छ। ईडीले उत्तर २४ परगनाको गायघाटामा यस्ता धेरै राशन दोकानहरूको पत्तो लगाएको छ।

जाँचकर्ताहरूले यी दोकानरूका मालिकहरूसित अगावै सोधपुछ गरिसकेका छन् जसको नाममा यसलाई किनिएको थियो। यस बाहेक बकीबुरको घरको तलाशी लिँदा धेरै चालान भेटियो, जहाँ राज्य सरकार र खाद्य विभागको नाम लेखिएको थियो। यो जानकारी त्यस शिपमेन्टबाट एफपीएस कर्मीहरूसित सोधपुछ गर्दा पाइएको हो।

यसबीच पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिकका दाज्यू देवप्रिय मल्लिकसित सोमवार ईडीका अधिकारीहरूले सोधपुछ गरेका छन्। केन्द्रिय एजेन्सीका सूत्रहरूले बताए, बकीबर रहमानले सुरक्षा एजेन्सीहरूको आँखामा धूलो हाल्नका लागि पहिलेदेखि नै सबै व्यवस्था गरेको थियो। उसले राज्यका धेरै हिस्साहरूमा बेनामी सम्पत्ति किनेर राखेको छ। केही सम्पत्तिहरू त नौकर र ड्राइवरहरूको नाममा पनि किनिएको छ तर यिनीहरूलाई आफै पनि थाहा छैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement