सिलगढ़ीः सिलगढ़ी महकुमाको नक्सलबाड़ीको तोताराम जोत संलग्न क्षेत्रबाट सोमवार एक अज्ञात महिलाको शव भेटिएपछि क्षेत्रमा सनसनी फैलियो।
जानकारी अनुसार, क्षेत्रका मानिसहरूले आज बिहान शव देखे। घटनाको जानकारी नक्सलाबाड़ी थाना पुलिसलाई दिइयो। खबर पाउनसाथ नक्सलबाड़ी थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो।
पुलिसको अनुमान अनुसार, महिलाको रोगको कारण मृत्यु भएको हुनसक्छ। नक्सलबाड़ी थाना पुलिस पूरा घटनाको जाँचमा जुटेको छ।