जमीन बिक्री र मादक पदार्थसित सम्बन्धित मामिलामा कोलकाताका ११ ठेगानामा छापा

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः झारखण्डको चारू शीला ट्रष्ट औ फलेरिया कोठीको जमीन अलग ढङ्गमा बेचेको औ मादक पदार्थसित सम्बन्धित मामिलामा आयकर विभाग (इनकम ट्याक्स डिपार्मेन्ट)-को टीमले कोलकाता र दुर्गापुरका ११ ठेगानाहरूमा छापा माऱ्यो।आयकर विभागको सूत्रले बताए अनुसार सोमवार भोर बिहान आयकर विभागको टीमले झारखण्डको देवघर र गोड्डाका २४ ठेगानाहरूमा छापामारी गरेको थियो। यसै टीमको लक्ष्यमा रहेको कोलकाताको चार्टर्ड अकाउन्टेन्ट माखन सतनालीवालाको ठेगानामा ईडीले छापा माऱ्यो। यस अतिरिक्त विभागले दुर्गापुरको बलानन्द आश्रम र दुर्गापुर क्यान्सर अस्पतालसित सम्बन्धित १० ठेगानाहरूमा पनि खानतलासी लियो। यी सबैको सम्बन्ध जमीन बिक्री र सम्बन्धित मामिलामा ट्याक्स चोरीसित छ। आयकर विभागका अधिकारीले आफ्नो नाम उजागार नगरिदिने शर्तमा बताए, जुन जमीन बिक्रीयोग्य थियो र जुन सरकारी जमीन थियोत्यसको पनि किन-बेच गरियो। जमीन किन-बेच गर्दा स्टाम्प ड्यूटी कम देखाएर आयकरलाई नोक्सान पुऱ्याइयो।

यस अतिरिक्त रक्सीको व्यापारमा पनि यसरी नै कोलकाताका चार्टर्ड अकाउन्टेन्ट माखन सतनालीवालाले कागज-पत्रमा धाँधली गरेर किन-बेचमा सहयोग पुऱ्याए। यसको खुलासा ईडीको हिरासतमा रहेका झारखण्डका योगेन्द्र तिवारीले जाँचबुझमा गरेका थिए। त्यसपछि ईडीले यसको जानकारी आयकर विभागलाई दियो। सूत्रले बतायो, छापामारीमा धेरैवटा महत्वपूर्ण कागज-पत्रहरू जफ्त गरिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement