कोलकाताः घूस लिएर संसदमा प्रश्न उठाएको आरोप झेलिरहेकी तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राको समस्या अझ बढ्न सक्छ। भारत सरकारको नेशनल इनफर्मेटिक्स सेन्टर (एनआईसी) द्वारा सांसदहरूलाई प्रदान गरिने पार्लियामेण्ट्री आईडी पासवर्ड अरूहरूलाई शेयर नगर्न कडा निर्देश दिएको भए तापनि महुआ मोइत्राले यसको गोपनीयता भंग गरेकी छन्।
महुआले पनि दर्शन हीरानन्दानीलाई आफ्नो आईडी र पासवर्ड दिएको कुरा स्वीकार गरिसकेकी छन्। दर्शन हीरानन्दानीले पनि हलफनामा महुआको आईडी र पासवर्ड दुबईमा प्रयोग गरेको स्वीकार गरेका छन्, जब तृणमूल सांसद भारतमा थिइन्।
आफ्नो हस्ताक्षरित हफलनामामा दर्शन हीरानन्दानीले महॅंगो उपहार दिएको र महुआ मोइत्राको आधिकारिक बंगलाको नवीनीकरणमा सहमति बनेपछि आफ्नो आईडी पासवर्ड दिएको कुरा उल्लेख गरेका छन्। त्यसपछि उनले प्रश्नहरू पोस्ट गरेको र महुआले संसदमा प्रश्न गरेको बताएका छन्।
-हिस