मलयालम अभिनेत्री रेन्जुषा मेननको निधन

Renjusha-Menon

तिरुवनन्तपुरम: मलयालम फिल्ममा काम गरिसकेकी दक्षिण फिल्म उद्योगकी चर्चित अभिनेत्री रेन्जुषा मेननको अचानक निधन भएको छ। समाचारअनुसार सोमबार अभिनेत्री तिरुवनन्तपुरमस्थित आफ्नो भाडाको घरमा मृत फेला परिन्। घरमा झुण्डिएको अवस्थामा शव फेला परेको छ। पुलिसले यस विषयमा अनुसन्धान थालेको छ। मृत्यु कसरी भयो भन्ने बारे हालसम्म आधिकारिक धारणा आएको छैन। अभिनेत्रीको ३५ वर्षको उमेरमा निधन भएको थियो। समाचारअनुसार अभिनेत्री रेन्जुषा आफ्नो परिवारसँग बस्दै आएकी थिइन्। यस घटनाको बारेमा श्रीकार्याम प्रहरीले अनुसन्धान शुरु गरेको छ। मृत्युको वास्तविक कारण के हो अझै खुल्न सकेको छैन। प्रारम्भिक दृश्यमा यो आत्महत्याको जस्तो देखिन्छ।

सोमबार बिहान लामो समयसम्म कोठा बन्द भएको परिवारका सदस्यले बताएका छन्। ढोका ढकढकाएर पनि अभिनेत्रीले नखोल्दा परिवारका सदस्यलाई शंका लाग्यो। त्यसपछि जबरजस्ती ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परिन्। रेन्जुषा मेनन लोकप्रिय अभिनेत्री थिइन्। उनले धेरै टेलिभिजन च्यानलका सिरियलमा अभिनय गरेकी थिइन्। उनले केही मलयालम फिल्ममा पनि काम गरे। आत्महत्याको कारण पत्ता लगाउन पुलिसले अनुसन्धान शुरु गरेको छ। रेन्जुषा मेनन मूल रूपमा कोच्चिकी थिइन्। उनी एंकरको रूपमा टेलिभिजन क्षेत्रमा प्रवेश गरेकी थिइन्। त्यसपछि उनले टीभी शो स्ट्रीमा काम गरिन्। उनको करियरलाई हेर्दा उनले हालसम्म करिब २० टिभी कार्यक्रममा काम गरिसकेकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *