नाम्ची: मुख्यमन्त्री प्रेमसिंह तामाङ सोमवार बिहान नामलुङ सरकारी निम्न उच्च माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा सहभागी बन्न राभाङ्गला पुगेका छन्। मुख्यमन्त्रीलाई राभाङ्गलास्थित बुद्धपार्कमा गार्ड अफ अनरसहित भव्य स्वागत गरियो।
यस क्षेत्रको विकास र पर्यटन सम्भाव्यताप्रतिको आफ्नो समर्पणको प्रतीकका रूपमा मुख्यमन्त्रीले छोजो तालको निरीक्षण गरे, जहॉं आगामी पर्यटन महोत्सव ‘राबोङ रिडिस्कभर’ को तयारीका लागि निर्माण कार्य चलिरहेको छ। शान्त र रमणीय छोजो ताल पर्यटक र स्थानीय दुवैका लागि एक प्रमुख आकर्षण बन्ने देखिएको छ।
आफ्नो भ्रमणका क्रममा मुख्यमन्त्रीले ताललाई चाडपर्वका लागि मात्रै नभई वर्षभरी पर्यटकीय गन्तव्य बन्न सक्ने गरी निर्माण कार्यलाई तीव्रता दिन भवन तथा आवास विभागलाई उनले निर्देश दिए। यहॉं परिवार र साथी-भाईहरूका लागि एउटा रमाईलो मनोरञ्जन स्थान प्रदान गर्ने उद्देश्य रहेको बताइएको छ।