कोलकाता: आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनालाई लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले एकपल्ट फेरि केन्द्रिय रेल मन्त्रालयमाथि प्रश्न उठाएकी छन्। उनले रेलवेको निद्रा कहिले टुट्ने भनी प्रश्न गरेकी छन्।
आन्ध्र प्रदेश दुर्घटनामा १४ जनाको मृत्यु भइसकेको छ भने ११३ भन्दा धेरै घाइते भएका छन्। अझै पनि धेरैको स्थिति गम्भीर बनेको छ। मृतकहरूको संख्या बढ्ने सम्भावना रहेको छ। राहत एवं बचाउ कार्य जारी रहेको छ।
यस बीच मुख्यमन्त्री ममता ब्यानर्जीले सोशियल मिडिया प्लेटफर्म एक्समा लेखेकी छन्द्व रेलवेको अझ एउटा दुर्घटना भयो। यसपाली आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा दुईवटा यात्री ट्रेनबिच टक्कर भएको छ। अहिलेसम्म आठ जनाको मृत्यु भएको छ भने २५ भन्दा धेरै घाइते भएका छन्। उनले अघि भनेका छन्, ट्रेनहरूको टक्करमा ट्रेन पटरीबाट झरेपछि मानिसहरू असहाय छन्। उनीहरू खिडकी र दैलोमा फसेका छन्। यस प्रकारको दुर्भाग्यजनक घटना बारम्बार भइरहेको छ। मामिलामा राहत एवं बचाउ तीव्र गर्नुका साथै जॉंचको माग गरिरहेकी छु। रेलवेको निद्रा कहिले टुट्ने छ? उल्लेखनीय छ, गत केही महिनामा तीन ठूलो रेल दुर्घटना भएको छ जसलाई लिएर रेल प्रबन्धनमाथि प्रश्न उठिरहेको छ।