३०/१० को सीरियल बम विस्फोटको १५ वर्ष पूरा

Assam-remembers-October-30-serial-blast-victims.jpeg

काेकराझार: असमको इतिहासमा ३० अक्टोबरको दिन कालो अध्यायको रूपमा दर्ता छ। यस दिन राज्यभरि कालो दिवसको रूपमा मनाइन्छ।स्मरण रहोस्, आजभन्दा १५ वर्षअघि ३० अक्टोबर, २००८ मा असमका विभिन्न स्थानहरूमा प्रतिबन्धित संगठन एनडीएफबीद्वारा नौ स्थानमा बम विस्फोट गरिएको थियो।विस्फोटमा ८१ जनाको ज्यान गएको थियो भने ५४० जनाभन्दा धेरै घाइते भएका थिए। सबैभन्दा धेरै गुवाहाटीको तीन स्थान फ्यान्सी बजार, पान बजार र गणेशगुडीमा भएको विस्फोटमा ४१ जनाको मृत्यु भएको थियो। अन्य मानिसहरूको मृत्यु कोकराझार, बरपेटारोड र बाक्सा जिल्लामा भएको थियो।असममा भएको यस सीरियल विस्फोटको घटनाले असम मात्र होइन, तर देश नै हल्लिएको थियो। देशमा दर्जा दुखद घटनाहरू मध्ये असमको यो घटना सबैभन्दा दुखद घटना हो, जसमा धेरै मानिसहरूको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए।
यस मामिलाको जॉंच २०१२ मा सीबीआईलाई सुम्पियो। तर, जॉंचको सुस्त गतिलाई ध्यानमा राख्दै राज्यमा पहिलोपल्ट गठित भाजपा गठबन्धन सरकारले जॉंचलाई तीव्रता प्रदान गर्न २०१७ मा फास्ट ट्र्याक कोर्ट गठन गऱ्यो। यस नरसंहारको निम्ति मुख्य आरोपित एनडीएफबी (रंजन) गुटका मुखिया रंजन दैमारीसहित १४ जनालाई दोषी ठहर गरिएको छ। रंजन दैमारी अझै पनि जेलमा बन्द छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement