नक्सलबारीमा अज्ञात महिलाको लाश उद्धार

Screenshot_20231030_162536_Samsung-Internet.jpg

नक्सलबारी: नक्सलबारीको तोतारामजोत संलग्न इलाकाबाट अज्ञात महिलाको मृतदेह उद्धार भएको छ। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज महिलाको लाश देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेेर सो लाश उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अस्वस्थ्यता तथा वृृद्धावस्थाको कारण महिलाको मृत्यु भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement