चिया बगानमा चितुवाका २ वटा बच्चा फेला परे

IMG-20231030-WA0162.jpg

जलपाईगुडी: डुअर्सको मेटेली ब्लकको किलकोट चिया बगान भित्र एक जोडी चितुवाको बच्चा देखियो। सोमबार बिहान किलकोट चिया बगानको खण्ड नम्बर १७ भित्र काम गर्ने मजदुरले चितुवाका दुईवटा बच्चा देखेपछी यो खबर फैलिने बित्तिकै सो क्षेत्रमा मानिसहरुको भीड लागेको थियो। त्यस क्षेत्रमा मजदुरले केही समय काम गर्न छाडेका थिए, खबर सुनेपछि खुनिया रेन्जका वनकर्मी आएर बच्चालाई आफ्नो कब्जामा लिएर कसैलाई पनि नजिक आउन निषेध गरे।

आमा चितुवा वरपरको क्षेत्रमा खानेकुराको खोजीमा गएको हुनसक्ने अनुमान गरिएको छ।साँझपछी ती बच्चाहरूलाई आमाले त्यहाँबाट लैजान सक्ने अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement