रगतले लतपतिएको अवस्थामा एक युवकको शव भेटियो

IMG-20231030-WA0159.jpg

अलिपुरद्वार: अलिपुरद्वार दोस्रो ब्लकको पानबारी क्षेत्र सडक छेउमा रगतले लतपतिएको अवस्थामा एक युवकको लाश फेला परेको छ। अलिपुरद्वारको दोस्रो ब्लकको कोहलिनुर क्षेत्रका १७ वर्षीय युवा सुमित उराँउ हिजो पानबारी क्षेत्रमा आयोजित कार्यक्रममा गएका थिए। रातभरी उनी घर फर्किएनन्।

सोमबार बिहान पानाबारी क्षेत्रमा सडक छेउमा सुमित उराँउको रगतले लतपतिएको शव भेटिएको थियो। स्थानीयले शमुक्ता पुलिसलाई खबर गरेका थिए। लाश पोष्टमार्टमका लागि पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement