२५० वर्ष पुरानो थिएटर टोकन लिलामी हुँदै

250-year-old-theater-token

सन् १७६६ को थिएटर टोकन लिलामी हुन गइरहेको छ। यस टोकनको सबैभन्दा विशेष कुरा यस्तो छ, यसलाई देखाएर कुनै पनि व्यक्तिले आज पनि सित्तैमा शो हेर्न सक्छन्। इंग्ल्याण्डमा ब्रिस्टल ओल्ड विक थियेटरका पहिलो संरक्षकहरूको लागि ५० वटा टोकनहरू बनाइएका थिए। यो टोकनमा लेखिएको छ, ‘यो टोकन धारक थिएटरमा देखाइएका प्रत्येक कार्यक्रम हेर्नका लागि हकदार छन्।” यो हेनरी एल्ड्रिज एण्ड सन्स अक्सन हाउसमा लिलामी भइरहेको छ। लिलामी घरले यस टोकनको बोली १५ सय देखि २५ सय पाउण्डको बीचमा हुने अपेक्षा गरेको छ। ब्रिस्टल ओल्ड विक थिएटरले भनेको छ, ‘यदि यो साँच्चै एक प्रामाणिक टोकन हो भने हामी यसलाई नि:शुल्क टिकट दिने हाम्रो नीति अनुसरण गर्नेछौंl’ लिलामी घरका प्रवक्ताले भने, ‘२० वटा सिक्का बचेका छन् र तीमध्ये थोरै मात्र लिलामीका लागि राखिएको छl’ यो थिएटरलाई ‘थिएटर रोयल’ भनेर चिनिन्छ, अनि यो १७६४ र १७६६ को बीचमा किंग स्ट्रीटमा बनाइएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *