नक्सलबारी र खोरीबारीमा हात्तीको हमलामा तीनजना घाइते

IMG-20231030-WA0174.jpg

खोरीबारी: नक्सलबारीको रघुजोत, ढकनाजोत र खोरीबारीको प्रसादुजोतमा हात्तीको हमलामा तीनजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ खोरीबारीको प्रसादुजोतमा नगर बर्मन नाम गरेका एकजना व्यक्ति साइकलमा सवार भएर सडक पार गरिरहेको समय एउटा हात्तीले अचानक हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइते अवस्थामा तिनलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा पठाए तापनि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ।

अर्कोतिर, नक्सलबारीको रघुजोत र ढकनाजोतमा पनि हात्तीको हमलामा टिगेन सिंह र कृष्णकान्त बर्मन नाम गरेका दुईजना व्यक्ति गम्भीर रूपमा घाइते भएपछि तत्कालै तिनीहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगिएको छ। तीमध्ये एकजनाको अवस्था आशंकाजनक रहेकोले तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement