बकाया वेतनको मागमा चियाश्रमिकहरूद्वारा म्यानेजर घेराउ, विक्षोभ प्रदर्शन

Capture1-18.png

अलिपुरद्वार: बकाया वेतन प्रदान गरिनुपर्ने माग गर्दै आज चियाश्रमिकहरूले कमानका म्यानेजरलाई घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। उक्त घटना अलिपुरद्वार जिल्लाको कालचिनी चियाकमानमा घटेको हो। कालचिनी चियाकमानका श्रमिकहरूले दुई महिनादेखि वेतन पाएका छैनन्। यसैले आज तिनीहरूले काम बन्द गरेर बकाया वेतन प्रदान गरिनुपर्ने माग गर्दै कमानको फ्याक्ट्री अघि म्यानेजरलाई घेराउ गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। श्रमिकहरूले बताएअनुसार २ महिनादेखि आफूहरूले वेतन पाएका छैनौँ। कमान कर्तृपक्षले समयमा वेतन दिँदैन। चाँडै बकाया वेतन प्रदान गरिनुपर्ने माग गर्दै आज आफूहरूले विक्षोभ प्रदर्शन गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement