१८ जुलाईः जमैकाकी महिला स्प्रिण्टरहरू विश्वमा सबैभन्दा तेज साबित भइन्। जमैकाकी स्प्रिण्टरहरूले सोमवार वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपको मुख्य आकर्षण १०० मीटर दौड़मा स्वर्ण, रजत र काँस्य तीनैवटा पदक जितिन्। एक दिन अघि पुरुषहरूका १०० मीटर दौड़मा पनि त्यस्तै भएको थियो। पुरुषहरूमा तीनैवटा पदक अमेरिकी स्प्रिण्टरहरूले हासिल गरेका थिए। यसरी वर्ल्ड च्याम्पियनशीपको इतिहासमा पहिलोपल्ट १०० मीटरको दौड़ (पुरुष र महिला वर्ग)-मा क्लीन स्वीप भयो। यसअघि १९९१ र १९८३-को सीजनमा पुरुष वर्गमा धावकहरूले क्लीन स्वीप गरेका थिए। दुवैपल्ट अमेरिकाले तीनैवटा पदक जितेको थियो तर ती सीजनहरूमा महिला वर्गमा चाहिँ पदक अलग-अलग देशले हासिल गरेको थियो। महिला वर्गमा चाहिँ यस साल पहिलोपल्ट क्लीन स्वीप भयो।

जमैकाकी शेली एना फ्रेसर प्रेसी विश्वकी सबैभन्दा तेज (फास्टेस्ट) महिला धावर बनिन्। उनले वर्ल्ड च्याम्पियनशीपमा आफ्नो सर्वश्रेष्ठ समय निकालिन्। उनले केवल १०.६७ सेकेण्डमा रेस पूरा गरिन्। यसबाहेक जमैकाकै शेरिका जेक्सनले १०.७३ सेकेण्डको समयसहित रजत र एलिन थम्पसन हेराहले १०.८१ सेकेण्डको समयसहित काँस्य पदक जितिन्। प्रेसी यस मञ्चमा २००९, २०१३, २०१५ र २०१९-मा पनि च्याम्पियन रहेकी थिइन्। यसको एक दिन अघि अमेरिकाका एथलीट फ्रेड केर्ली विश्वका सबैभन्दा तेज मानिस बनेका थिए। उनले वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा १०० मीटरको दौड़ केवल ९.८६ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितेका थिए। २७ वर्षीय केर्लीको यो वर्ल्ड च्याम्पियनशीपमा पहिलो व्यक्तिगत स्वर्ण पदक हो। यस स्पर्धामा अमेरिकाकै मार्विस ब्रेसीले ९.८८ सेकेण्डको समयसहित रजत र ट्रेवन ब्रोमेलले ९.८८ सेकेण्डकै समयसहित काँस्य पदक जिते। ब्रेसीले ट्रेवनलाई सेकेण्डको दुई हजार भाग समयको मामूली अन्तरले परास्त गरे। वर्तमान सीजनमा दुवै च्याम्पियन विश्व रेकर्डको नजिक पुगे। प्रेसीले केवल १८ माइक्रो सेकेण्डले गर्दा विश्व रेकर्ड गुमाइन्। यसरी नै पुरुष वर्गमा फ्रेड ३० माइक्रो सेकेण्डले गर्दा विश्व रेकर्डदेखि चुके।