सिलगढी: बाघडोग्राका बौद्ध कुलका एकजना युग पुरुष मानिएका एम बी डुमजनले आफ्नो निवासस्थान बाघडोग्रा, स्टालीन नगरमा अन्तिम श्वास लिए, अनि सिङखामको पुण्यवास यात्रामा गमन गरेको एक विज्ञप्तिमा बताएको छl आफ्नो तन, मन र धन दिएर जीर्ण अवस्थामा रहेको गुम्बा अनि बौद्ध सन्तानलाई डोर्याउँदै आठ वर्षसम्म गुम्बाको अध्यक्षको पदमा रहेर धेरै कार्यहरू गरेl तेञ्जिङ क्लबमा पनि सक्दो अर्थदान गर्दै समाज र गाउँको हरेक कार्यहरुमा सधैं अग्रजको भूमिका निर्वाह गर्न अघि आउने एम बी डुमजनको निधन ८७ बर्षको उमेरमा भयो। ब्रिटिस आर्मीमा कप्तानको पदसम्म जागीर खाएपछि १९८१ तिर दार्जीलिङ जन्मथलो छोडी बाघडोग्रामा स्थायी रुपमा बसोबाष गर्न थालेपछि १९९९ देखि लगातार गुम्बा र आफ्नो बौद्ध धर्मको निरन्तर सेवामा लागेर आज बाघडुग्रा गुम्बाको यो सुन्दर रुप हुनुसम्म वहाँको पनि मुख्य भूमिका थियो। यसरी गुम्बा अनि बौद्ध धर्मको युग पुरुष अनि धर्म सेवामा मरिमेट्ने बौद्ध धर्मी गुमाएर गुम्बाले ठूलो क्षति महसुस गरेको विज्ञप्तिमा बताइएको छ।