सिलगढी: सिलगढी नगरनिगमको २ नम्बर वार्डको बाघाजतिन कोलनी इलाकामा गत राति दुईवटा घरमा चोरी भएको छ। इलाकामा लगातार भइरहेको चोरीको घटनाले गर्दा स्थानीय मानिसहरूले पुलिसको भूमिकामाथि प्रश्न चिन्ह खडा गरेको छ। प्राप्त जानकारी अनुसार गत राति दुइनम्बर वार्डको बाघाजतिन कोलनी इलाकामा एकैसाथ दुईवटा घरमा चोरी भएको छ। चोरले एउटा घरबाट नगद रुपियाँ र अर्को एउटा घरबाट केही सर समान चोरी गरेर चम्पट कसेको बताइएको छ। यस विषयमा दुलाल चन्द्र साहाले बताएअनुसार दुर्गा पुजा षष्ठीको राति तिनको घरमा पहिलोपल्ट चोरी भएको थियो। गत राति पनि मेरो भाडाको घर र अर्को एउटा घरबाट केरी नगद राशि सहित सर समानहरू चोरी भएको छ।