गान्तोक: आगामी ३१ अक्टोबरको दिन सरदार बल्लब भाई पटेलको जन्म दिवसमा राष्ट्रिय एकता दिवसकोरूपमा पालन गरिने भएको छ। राज्यको गृह विभागद्वारा जारी गरिएको सर्कुलर अनुसार आगामी ३१ अक्टोबरको दिन राजधानीस्थित पाल्जर स्टेडियममा राष्ट्रिय एकता दिवस पालन गरिने छ।
सो कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहनेछन्। सोही प्रकारले कार्यक्रममा सांसद इन्द्रहाङ सुब्बा, सिक्किम विधानसभाका उपाध्यक्ष लगायत मन्त्रीगणको पनि उपस्थिति रहने सर्कुलरमा बताइएको छ।