काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन महत्वपूर्ण भूमिका हुने बताएका छन्। आइतबार सिंहदरबारस्थित कार्यकक्षमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटपछि उहाँले संचारकर्मीहरूलाई सो प्रतिक्रिया दिएका हुन्। नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट त्यसलाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समूदायको पनि महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले यस अवसरमा जलवायु परिवर्तनले नेपालमा पारेको असर न्युनिकरणका लागि महासचिव गुटेरेसको भुमिकालाई प्रशंसा गर्दै आउँदो दिनमा अझ धेरै सहयोगको पनि अपेक्षा गरिएको बताए। उनले महासचिव गुटेरेसको नेपाल भ्रमणबाट देशको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे। महासचिव गुटेरेसले आफूसँग विश्व शान्तिका लागि नेपाली सेना र नेपाल पुलिसको भूमिकालाई प्रशंसा गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले आउँदो दिनमा उनीहरुको योगदानको उचित सम्मान हुने विश्वास व्यक्त गरे।