आइजोल: केन्द्रिय गृहमन्त्री अमित शाह मिजोरम विधानसभा चुनाउलाई मध्यनजर गर्दै पार्टी उम्मेद्वारहरूको पक्षमा प्रचार गर्नका लागि ३० अक्टोबर आइजोल आउनेछन्। आफ्नो एक दिवसीय दौड़ाहमा शाहले यहाँको ममिता जिल्ला मुख्यालयमा आयोजना हुने चुनावी ऱ्यालीलाई सम्बोधन गर्नेछन्।
मिजोरम भाजपाका प्रदेश मीडिया संयोजक जोनी लालथनपुइयाले भने, शुरूमा अमित शाहसितै प्रधानमन्त्री नरेन्द्र मोदी पनि चुनाउ प्रचारको लागि यहाँ आउने तय भएको थियो, तर अपरिहार्य कारणहरूले प्रधानमन्त्रीकौ भ्रमण हाल रद्द भएको छ। प्रधानमन्त्रीको कार्यक्रम पछि तय हुनसक्छ। प्रधानमन्त्री मोदीको सट्टामा अमित शाहले चुनाउ प्रचार गर्नेछन्।
उनले बताए, केन्द्रिय गृहमन्त्री अमित शाहले चुनाउमा पार्टी उम्मेद्वारहरूको उत्साह बढ़ाउनका लागि ममित र राज्यको दक्षिणी भागमा प्रचार गर्नेछन्। राज्यका दक्षिणी भागमा क्रमैले चकमा, ब्रू, मारा र लाई समुदायका भाषागत अल्पसंख्यकहरू बसोबास गर्दछन्। भाजपाले उनीहरूको भोट हत्याउनको लागि बढ़ी बल दिरहेको छ।
प्रदेश मीडिया संयोजक लालथनपुइयाले अझ भने, भाजपाका अर्का वरिष्ठ नेता एवं केन्द्रियमन्त्री नितिन गडकरी पनि चुनाउ प्रचारको लागि राज्यमा आउनेछन्। भाजपाका अखिल भारतीय अध्यक्ष जेपी नड्डाले गत शुक्रवार पार्टीको घोषणा पत्र जारी गरेका थिए। घोषणा पत्रमा राज्यका सरकारी नोकरीहरूमा महिलाहरूको लागि ३३ प्रतिशत आरक्षण अनि असमसित लामो समयदेखि चलिरहेको सीमा विवादलाई समाधान गर्ने वाचा गरिएको छ।
उल्लेखनीय छ, मिजोरम विधानसभाका ४० सीटमा आगामी ७ नोभेम्बरको दिन मतदान हुनेछ। वर्ष २०१८- को विधानसभा चुनाउमा भाजपाले ३९ सीटमा प्रतिस्पर्धा गरेको थियो भने यसपालि पार्टीले २३ वटा सीटमा प्रतिस्पर्धा गरिरहेको छ।