आरपीएफद्वारा कपड़ा वितरण साथै जागरुकता शिविर सम्पन्न

883079d7-7a03-46c9-9240-9d7d678797dc

कालचिनीः मानव तस्करी विरुद्ध सचेतना कार्यक्रम साथै रेलवे जागरूकता अभियान सम्पन्न गर्दै आईरहेको आरपीएफ अलिपुरद्वार जङ्कशन डिभिजन एनएफपीएको टोलीले आईताबार कालचिनी रेलवे स्टेशन परिसरमा संलग्न क्षेत्रको चियाबारी गाउँका आवश्यकमन्द परिवारहरूलाई समेटेर जागरुकता अभियान साथै प्रायः १०० भन्दा अधिक परिवारलाई गरम लता कपड़ा वितरण गरेको जानकारी आरपीएफ सुत्रले दिएका छन्। सो अवसरमा रेलवे एएसओ आरपीएफ अलिपुरद्वारका अधिकारी डीके चौधरी, डिभिजनल निरीक्षक प्रणव मन्डल, आरपीएफ हाँसीमाराका निरीक्षक सुदीप्ता दासगुप्ता, कृष्ण सोनार आदिको मुख्य उपस्थिति रहेको थियो।
सो शिविरमा मानव तस्करीबाट बाँच्न साथै बाल विवाह नगर्ने सचेतना साथै रेल लाईनमा पशुहरू नछोड़ने एवम् रेलवे लाईनबाट आउजाउ नहुने, रेलमा ढुङ्गा नहान्ने आह्वान पनि गरिएको थियो। यसै क्रममा गरम कपड़ा, साड़ी र कम्बल वितरण गर्दै फलफुल र मिठाई वितरण पनि गरिएको थियो। आरपीएफ अलिपुरद्वारका एएसओ डीके चौधरीले मूलतः यो जागरूकता रेलवे आरपीएफले अलिपुरद्वार डिभिजन अन्तर्गत विभिन्न ठाउँहरूमा गरिरहेको र यस अघि पनि आरपीएफले रेलवे लाईनमा यमराजको भेषमा पथनाटक पनि सचेतना गरेको र आगामी दिनमा यसप्रकारको सचेतना कार्यक्रम जारी रहने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement