पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै तीनधारेको गोलाई पाखा

IMG-20231029-WA0167.jpg

आई लभ तीनधारे लेखिदिने स्थानीयहरूको मांग

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको गोलाई पाखास्थित पुरानो पैह्रोमा बनिएको नयाँ र फराकिलो सड़कमा पर्ययकहरू निक्कै बेसी आउन थालेको छ। सन् २०११ सालमा दार्जिलिङ हिमालय रेलवेको तीनधारेस्थित कारखानामुनि गएको पैह्रोले तीनधारे र वरिपरिका क्षेत्रहरूलाई धेरै असुविधा भएको थियो। तर केही वर्ष अघि यहाँ फराकिलो र नयाँ सड़क निर्माण भएपछि यहाँ टाड़ा नजिकका पर्यटकहरू निक्कै आउने गरेका छन्। अहिले यो क्षेत्र पर्यटकहरू र स्थानीयहरूका लागि मुख्य स्थान बन्दै गईरहेको छ। यहाँ आएर फोटो खिँच्नु र सेल्फी क्लिक गर्ने क्रेज लगातार रूपमा बढिरहेको छ। यहाँ धेरै पर्यटकहरू आउने गरेकोले स्थानीयहरूलाई दोकान खोलेर रोजगारको अवसर सिर्जना भएको छ।

यहाँ दोकानहरू राम्रोसितले सञ्चालन भईरहेको छ भने वरिपरि क्षेत्रमा होम स्टे सञ्चालन पनि विस्तारै शुरु भईरहेको छ। यहाँको नजिकैमा रहेको स्थानीय युवाद्वारा भिभान प्रियोन नामको होम स्टे सञ्चालन शुरु गरेका छन् जहाँ मानिसहरू विस्तारै आउन थालेको बताएका छन्। उक्त युवकको दोकानको छदबाट देखिने मनोरम दृश्यहरूले पर्यटकहरूलाई मोहित बनाई रहेका छन्। यहाँ पर्यटकहरू आएर समय बिताउने गरेको पनि बताएका छन्। पर्यटकहरूका लागि अहिले यो मुख्य आकर्षणको केन्द्र बन्दै गईरहेको छ। यसको साथै यस क्षेत्रमा ‘आई लभ तीनधारे’ लेखिदिने स्थानीयहरूले गरिरहेका छन् भने पर्यटकहरूका लागि शौचालय र स्ट्रिक लाइट जडानको मांग पनि उठिरहेको छ। ‘आई लभ तीनधारे’ लेखिएको खण्डमा पर्यटकहरू र स्थानीयहरूका लागि खुशीको कुरा हुने साथै तीनधारेको लागि एउटा राम्रो उपलब्धि हुने सबैको मत रहेको छ।

यस विषयमा खरसाङ खण्डको पञ्चायत समितिको कर्माध्यक्ष साजन दर्जीसित जान्न चाहादा यसको लागि क्षेत्रीय सभासद नवराज छेत्री र उनको पहलमा कार्य भईरहेको र जीटीए चिफ् अनित थापाको सहयोगमा कार्य हुने साथै यसको लागि एनएचको अधिकारीहरूसित पनि बसेर अनुमति लिइएको बताएका छन्। अहिले यहाँ सरसफाई विषयमा पनि ध्यान दिनु पर्ने मांग स्थानीयहरूले गरेका छन्।

यस विषयमा घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधानले यहाँ ‘आई लभ तीनधारे’ लेख्ने विषयमा पहल भईरहेको र यस विषयमा जीटीए चिफ् अनित थापाको सहयोगमा लेखिने भएको पनि बताएकी छन्। त्यसरी नै स्थानीय दोकानदारहरू साडुप लेप्चा र विकास छेत्रीले यहाँ पर्यटकहरू टाड़ा नजिकबाट आउने गरेको र दोकानहरू पनि राम्रै चल्दै गरेको बताएका छन्। उनीहरूले बताए अनुसार यस स्थानमा छुट्टीको दिन विशेष गरेर आईतबार पर्यटकहरू आउने गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement