हात्तीको हमलामा भाग्यले बाँच्यो किसान, घर क्षतिग्रस्त

IMG-20230528-WA0320-5-300x172-9

अलिपुरद्वारः हात्तीको हमलामा किसान भाग्यले बाँच्यो तर उसको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटना कालचीनी ब्लकको दक्षिण लताबाड़ी क्षेत्रको हो।

स्थानीय मानिसहरूले आरोप लगाए, बक्सा टाइगर प्रोजेक्टको जंगलबाट प्रायः जसो हात्ती निस्केर क्षेत्रमा उत्पात मचाउँछन्। फसलहरू, निवासीहरूको घरलाई नोकसान पुऱ्याउछन्। आज पनि बिहानै दक्षिण तलाबाड़ी क्षेत्रको किसान शनिराम नार्जिनारी हात्तीको हमलामा भाग्यले बाँच्यो तर उसको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

यस सम्बन्धमा शनिरामले भन्यो, हात्तीहरूले लगातार क्षेत्रमा उत्पात मचाइरहेका छन्। कहिले फसहरूलाई नष्ट गरिरहेका छन् त कहिले घरहरूलाई भत्काइरहेका छन्। यस प्रकारको अत्याचारल क्षेत्रका किसानहरूको होश उड़ेको छ। उनले वन विभागसित यतातिर ध्यान दिने माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement