सिलगढ़ीः सिलगढ़ी महकुमाको खोरीबाड़ी थाना पुलिसले बंगाल-बिहार सीमामा अवैध बलुवा लोड गरिएको एउटा ट्रकलाई आज बिहानै जफत गरेको छ। पक्रा परेको चालकको नाम बिहार निवासी शाहीन बादशाह (२२) बताइएको छ।
पुलिस सूत्रहरू अनुसार, जलपाइगढ़ी जिल्लाको ओदलाबाड़ीदेखि बिहार गएको बेला बंगाल-बिहार सीमान्त चक्करमारी क्षेत्रमा जाँचको निम्ति एउटा ट्रकलाई रोकियो। जब यसको जाँच गरियो त्यसमा बलुवा लोड गरिएको थियो। यसपछि खोरीबाड़ी थाना पुलिसले चालकसित बलुवासित सम्बन्धित कागजपत्रको माग गऱ्यो तर उसले देखाउ सकेन र यसपछि पुलिसले कारबाही गर्दै चालकलाई पक्राउ गऱ्यो। खोरीबाड़ी थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।