पागल कुकुरको टोकाइबाट एकपछि अर्को ५ जना घाइते, २ जनाको अवस्था गम्भीर

f4643a45-bb4c-4ed4-8560-96d5f09c6c7c

जलपाइगढी: कुकुरको टोकाइबाट ५ जना घाइते भएका छन् । घटना आइतबार बिहान मैनागढी ब्लकको सप्ती बारी १ ग्राम पञ्चायतको डबर बारी क्षेत्रमा भएको हो। यो घटनाले क्षेत्रमा निकै सनसनी मच्चिएको छ। कुकुरको आक्रमणबाट हालसम्म पाँच जना घाइते भएका छन् । स्रोतका अनुसार ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई जलपाइगढी सुपर स्पेशलिटी अस्पतालमा सारिएको छ। आइतबार बिहानैदेखि सडकमा रहेका मानिसलाई कुकुरले अचानक आक्रमण गर्न थालेको बताइएको छ । जसका कारण उक्त क्षेत्रमा त्रासको वातावरण बनेको छ । स्थानीयवासी अनिमेष सेनले भने, ‘गाई बाँधेर घर फर्कदै गर्दा कुकुरले ममाथि हाम्फालेर मेरो हात टोक्यो । उनलाई तत्कालै चुराभन्दर प्राथमिक स्वास्थ्य केन्द्र र त्यहाँबाट मैनागढी ग्रामीण अस्पताल लगिएको थियो । तर चोट गम्भीर भएकाले उनलाई मैनागढीबाट जलपाइगढी सुपर स्पेशलिटी अस्पतालमा सारिएको थियो। यस सम्बन्धमा स्थानीय बासिन्दा परिमल रोयले भने, “कुकुरले अहिलेसम्म पाँच जनालाई आक्रमण गरिसकेको छ। तीमध्ये दुई जनालाई जलपाइगढी पठाइएको छ। हामी यस विषयमा प्रशासनलाई रिपोर्ट गर्नेछौं।” घटनाले क्षेत्रमा त्रास फैलिएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement