सिलगढी: दुर्गा पूजा सकिएसँगै सिलगढीमा काली पूजाको तयारी सुरु भएको छ। सूर्यसेन स्पोर्टिङ क्लबले आइतबार खुन्टी पुजामार्फत श्यामा पूजाको तयारी सुरु गरेको छ । आइतबार पुजा परिसरमा खुन्टी पुजाका साथ श्यामा पूजाको तयारी सुरु भएको छ । यो वर्ष यो क्लबको पूजाको ५३ औं वर्ष हो। यस वर्ष उनीहरुको थिम राज राजेश्वरी मण्डप डेकोरेशन र माँ श्यामालाई रानीको रुपमा सजाइएको छ । यसका साथै पूजा समितिले विभिन्न सामाजिक सेवाका कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । यो पूजा सिलगढी सहरको सबैभन्दा ठूलो पूजा हो।