खरसाङ: खरसाङमा सञ्चालित गोर्खे हाट आज तेस्रो हप्तामा पुगेको छ। विगत १५ अक्टोबरदेखि प्रत्येक हप्ताहको आईतबार सञ्चालित हुने गोर्खे हाटको आज तेस्रो हप्तामा पनि गोर्खे हाट भर्नेहरूको भीड़ देखिएको छ। गोर्खे हाट सञ्चालन समितिले स्थानीय सर सामानहरूलाई प्राथमिकता दिएर साथै स्थानीय उद्यमीहरूलाई मौका दिएर शुरु गरिएकोले आज पनि विभिन्न स्थनाहरूबाट आएका उद्यमीहरूले दोकानहरू राखेका थिए। आज तेस्रो हप्तामा आईपुग्दा हाटमा दोकानहरूमा अझ बढ़ोत्तरी भएको छ। दशैंको सिजन भए पनि गोर्खे हाटमा सर सामानहरू किन्नेहरूको भीड़ नै देखिएको छ।

विभिन्न गाउँ बस्तीतिरबाट ल्याएर राखिएको दोकानहरूमा ताजा साग सब्जीहरू र विभिन्न प्रकारका सर सामानहरू किन्न मानिसहरू निक्कै बेसी देखिएको छ। खरसाङको टुरिस्ट लजदेखि केही माथिपट्टि रहेको क्षेत्रमा सञ्चालित छन् गोर्खे हाट। आज तेस्रो हप्ताहमा पुगेको गोर्खा हाटमा यसपाली ७० देखि ७५ वटा दोकानहरू राखिएको र अझैं दोकानहरू राख्नलाई आवेदनहरू आईरहेको गोर्खे हाट सञ्चान समितिको मूल सचिव महेश छेत्रीले बताएका छन्। उनले गोर्खे हाटमा यसपालीको तेस्रो हप्तादेखि हामीले प्लास्टिकको प्रयोग बन्द गर्न सफल भएका छौं जुन हाम्रो लागि ठूलो उपलब्धि रहेको पनि बताएका छन्। उनले हाम्रो मुख्य उद्देश्य स्थानीय उद्यमीहरूलाई प्राथमिकता दिएर सरकारी नोकरी मात्र होइन तर व्यापार गर्ने अवसर पनि प्रदान गर्नु रहेको छ जुन अहिले सफल भईरहेको बताएका छन्।

त्यसरी नै गोर्खे हाटको सभापति बिजय सेञ्चुरीले गोर्खे हाटको तेस्रो हप्ताहमा दशैंको समयमा दोकानेहरूले कम्ती सामानहरू ल्याएर आएकोले सबै सर सामानहरू बिक्री भईसकेको छ तर पनि हामीले हाटको समय बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म बनेकाले दोकानहरूमा सामानहरू सकिए पनि बसिरहेको र यो गोर्खे हाटको सफलता हो कारण मानिसहरु आएर सर सामानहरू किनिरहेका छन्।