‘मन की बात’: भोकल फर लोकलबाट हुनेछ ‘आत्मनिर्भर भारत’- को सपना साकार: प्रधानमन्त्री

modi-pm_788

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मासिक रेडियो कार्यक्रम ‘मन की बात’मा मानिसहरूलाई तिहारको सिजनमा स्थानीय उत्पादहरूलाई प्राथमिकता दिने अपील गर्दै यसबाट देशको आत्मनिर्भर हुने सपना साकार हुने दाबी गरे। ‘मन की बात’को १०६औं एपिसोडमा प्रधानमन्त्रीले खादी उत्पादहरूको रेकर्ड बिक्री भएको बताउँदै भने, ‘स्थानीय उत्पादहरू किनमेल गरियो भने अन्य देशवासीहरूको दीपावली पनि सुखमय हुनेछl’

देशका पहिलो गृहमन्त्री सरदार वल्लभभाई पटेललाई उनको आगामी जयन्तीमा स्मरण गर्दै प्रधानमन्त्रीले ‘मेरो माटो मेरो देश’ अभियान र ‘मेरा युवा भारत’ (माय भारत) कार्यक्रमको उल्लेख गरे। उनले भने, ‘देशको एकताको सूत्रधार सरदार पटेलको जयन्तीमा देशको कुना-कुनाबाट भेला गरिएको माटोलाई लिएर अमृत कलश यात्रा दिल्ली आइरहेको छ। यसलाई एउटा विशाल कलशमा राखिनेछ अनि यसै पवित्र माटोले दिल्लीमा अमृत वाटिका निर्माण गरिनेछl’ उनले भने, ‘माय भारत’ले देशका युवाहरूलाई राष्ट्र निर्माणका विभिन्न आयोजनहरूमा सक्रिय भूमिका निभाउने अवसर प्रदान गर्नेछl’ उनी युवाहरूसित आग्रह गर्दछन् कि स्वंयलाई mybharat.gov.in -मा पञ्जीकरण गराए विभिन्न कार्यक्रमहरूमा सहभागी बनुन्। यस अवधि प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको पुण्य तिथि, ३१ अक्टोबरलाई पनि स्मरण गरे। प्रधानमन्त्रीले तमिलनाडुमा साहित्यको माध्यमबाट देशलाई जोड़्ने उदेश्यले गरिएको प्रयासको उल्लेख गर्दै भने, ‘तमिलनाडुकी प्रसिद्ध शिवशङ्करीले एक प्रोजेक्टको माध्यमबाट १८ भारतीय भाषाहरूमा लेखिएको साहित्यलाई तमिल भाषामा अनुवाद गरेकी छन्। यसको लागि उनले देशका अलग-अलग कुनाको यात्रा गरेकी छन्l’ प्रधानमन्त्रीले जनजाति गौरव दिवस अर्थात भगवान बिरसा मुण्डाको जयन्ती र जनजातीय समुदायका नायकहरूसित सम्बन्धित प्रेरणादायक प्रसङ्गको जानकारी पनि दिए। उनले भने, ‘आगामी १५ नोभेम्बरमा जनजातीय गौरव दिवस मनाइन्छ। भगवान बिरसा मुण्डाले यस्तो समाजको कल्पना गरेका थिए जहाँ अन्यायको कुनै ठाउँ नहोस्। उनी चाहन्थे हरेक व्यक्तिलाई सम्मान र समानता प्राप्त होस्। आज हाम्रा आदिवासी दाज्यु-भाइ, दिदी-बहिनीहरू प्रकृतिको हेरचाह गर्न र त्यसको संरक्षण गर्न हरसम्भव समर्पित छन्। हामी सबैका लागि यो कुरा अत्यन्त प्रेरणादायक छl’

प्रधानमन्त्रीले राजस्थान र गुजरातमा जनजातीय समुदायमा विशेष महत्व राख्ने गोविन्द गुरूजीलाई पनि स्मरण गरे। ३० अक्टोबर उनको पुण्यतिथि हो। प्रधानमन्त्रीले एशियाली खेल र प्यारा ओलम्पिकमा भारतलाई प्राप्त पदकहरूलाई ऐतिहासिक उपलब्धि बताए। उनले यी खेलहरूमा भाग लिने खेलाड़ीहरूलाई धेरै-धेरै बधाई दिए। उनले शक्तिपीठ अम्बाजीको मार्गमा अवस्थित गब्बर पर्वतमा कूड़ा- कबाड़द्वारा निर्मित प्रतिमाहरूको बारेमा जानकारी गराए। उनले भने, ‘यो प्रयासले गब्बर पर्वतको आकर्षण बढ़ाउनको साथै सारा देशमा ‘वेस्ट टू वेल्थ’ अभियानको लागि मानिसहरूलाई प्रेरित गर्नेछl’ उनले भने, ‘असमको कामरूप मेट्रोपलिटन जिल्लास्थित अक्षर फार्म स्कूलमा हरेक साता नानीहरूले प्लास्टिकबाट इको फ्रेण्डली ईटा र चाबी बनाउने काम गर्दछन्। यहाँ विद्यार्थीहरूलाई रिसाइक्लिङ्ग गर्न र प्लास्टिक वेस्टबाट उत्पाद बनाउन सिखाइन्छl’ प्रधानमन्त्रीले महान सन्त मीराबाईलाई उनको ५२५औं जयन्तीमा याद गरे। उनले भने, ‘त्यस कालखण्डमा उनले आफूभित्रको आवाजलाई सुनिन् र रूढ़िवादी धारणाहरूविरूद्ध संघर्ष गरिन्। एकजना सन्तको रूपमा उनले सबैलाई प्रेरित गर्छन्l’ -हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement