राजगञ्ज: खाना पकाइरहेको समय ग्यास सिलेन्डर पड्किँदा ट्रक चालक घाइते भएको घटना राजगञ्जको फाटापुकुर संलग्न टोल प्लाजा इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान फाटापुकुर टोल गेट संलग्न इलाकामा एउटा ट्रक रोकेर राखेको थियो। यसपछि चालकले त्यहीँ खाना पकाइरहेको समय ग्यास सिलेन्डर लिक भएर विस्फोट हुँदा चालक गम्भीर रूपमा घाइते भएको बताइएको छ।यस घटनापछि टोल प्लाजाका कर्मीहरू घटनास्थलमा पुगेर घाइते चालकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस तथा दमकल कर्मीहरू घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।