राष्ट्रसंघका महासचिव गुटरेस र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

Screenshot_20231029_152413_Dailyhunt.jpg

काठमाडौं: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र उपप्रधानमन्त्री पूर्णबहादुर खड्काबीच शिष्टाचार भेट भएको छ। उपप्रधानमन्त्री खड्कासँग गुटरेसले रक्षा मन्त्रालयमा भेट गरेका हुन्। यसअघि आइतबार नै महासचिव गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन्। आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement