हाम्रो पार्टी-ले घुम जोरबङ्गलाको एउटा हलमा धन्यवाद कार्यक्रम

photocollage_20227180435715.jpg

दार्जिलिङ: आज हाम्रो पार्टी-ले घुम जोरबङ्गलाको एउटा हलमा धन्यवाद कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रम घुम जोरबङ्गला समष्टिको मतदाताहरूप्रति आभार व्यक्त गर्नको लागि गरिएको थियो। कार्यक्रममा पार्टी अध्यक्ष अजय एडवार्डस विशेष रूपमा उपस्थित थिए। कार्यक्रममा घुम रबङ्गला समष्टिको हाम्रो पार्टीका निर्वाचित सभासद् प्रमोस्कर ब्लोन लगायत पार्टीका कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अजय एडवार्डसले घुम जोरबङ्गला समष्टिका मतदाताहरूप्रति आभार प्रकट गरे। तिनले भने, जनताको सेवा गर्नु चौकीमा नै बस्नुपर्छ भन्ने छैन। जीटीए सभामा हामी विपक्षीमा बसेर पनि जनताको सेवा गर्नेछौ। जीटीए सभामा हामीले बोर्ड गठन सकेनौ तर हामीले एक लाख जति मत पाएर हामी पहाडको दोस्रो दल बन्नमा सक्षम भएका छौं । हाम्रो पार्टीले शुरूदेखि यो पार्टी जनताको हित र भलाईको काम गर्न जन्मको पार्टी हो। जीटीए सभामा हामीले बोर्ड गठन गर्न सकेनौ तर दार्जिलिङ नगरपालिका र एडवार्डस फाउण्डेशन मिलेर पहाडको युवा युवतीहरूलाई युपीएससी परीक्षाको लागि तयारी गर्ने काम गर्दै आइरहेको अध्यक्ष एडवार्डसले बताए। युपीएससी परीक्षाको निम्ति दार्जिलिङ नगरपालिका र एडवार्डस फाउण्डेशनले दार्जिलिङ, खरसाङ, मिरिक अनि कालेबुङ क्षेत्रहरूबाट 3 हजार विद्यार्थीहरूको टेस्ट लिएपछि १२ जना विद्यार्थीहरूलाई छनौट गरिएको छ। दिल्लीमा हुने युपीएससी परीक्षामा यी १२ जना विद्यार्थीहरूलाई पनि पठाउने अनि यी १२ जनामध्ये दुई-तीन जना विद्यार्थीहरूलाई आईएएस अफिसर बनाएरै छोड्ने अध्यक्ष अजय एडवार्डसले बताए। छिमेकी राज्य सिक्किमले प्रत्येक वर्ष दुई-चार जना विद्यार्थीहरूलाई युपीएससी परीक्षाको लागि तयार गर्न सक्छ भने हामी किन तयार गर्न सक्दैनौँ। हाम्रो पहाडमा पनि शिक्षित एवम् योग्य युवा युवतीहरूको कुनै कमी छैन। हामीले पनि पहाडबाट डाक्टर, इञ्जिनियर, वकिल, आईएएस, आईपीएस, डब्ल्युबीसीएस बनाउन सक्छौ भन्दै काम शुरू गरिसकेको अध्यक्ष एडवार्डसले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement