काठमाडौं: आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर भएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार पछिल्लो १२ दिनमा ५१०० रुपैयाँले सुनको मूल्य बढेको छ। कात्तिक एक गतेदेखि हरेक दिनजसो उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। १ अक्टूबर देखि सुनको मूल्य बढिरहेको छ। ३० अक्टूबरमा प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो।